प्रदेश १ : मुख्यमन्त्री आचार्यद्वारा विश्वासको मतका लागि प्रस्ताव पेश

विराटनगर । प्रदेश १ सरकारका मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रदेशसभामा पेश गरेका छन् ।

असोज २५ मा विश्वासको मत चाहिएको प्रस्तावको पत्र प्रदेश सभा सचिवालयमा दर्ता भएको थियो । आज बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रस्ताव सभामा पेश गर्ने कार्यसूची तय गरेको थियो । नेपालको संविधानको धारा १८८ को उपधारा (२) तथा प्रदेश १ को प्रदेश सभा नियमावली २०७४ को नियम १२८ को उपनियम (४) बमोजिम प्रदेश नम्बर १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मतका लागि प्रस्ताव पेश गरेका हुन् ।

प्रदेश सभामा सत्तारूढ एमालेका ४१ सांसद छन् । यो संख्या सरकार टिकाउन पुग्दो संख्या होइन । संसद्‌मा सामान्य बहुमत प्राप्त गर्न ४७ मत आवश्यक पर्छ । नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी, संघीय समाजवादी तथा संघीय लोकेतान्त्रिक राष्ट्रिय मञ्च एक ठाउँमा उभिएका छन् ।

प्रस्ताव माथिको छलफल तथा मत विभाजन कात्तिक ७ गते आइतबार दिउँसो १२ बजे हुने सभामुख प्रदीपकुमार भण्डारीले बताए ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *