प्रधान न्यायाधीशको भूमिकामाथि शंका उत्पन्न भयो : पूर्वन्यायाधीश फोरम

काठमाडौँ । पूर्वन्यायाधीश फोरमले प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराको भूमिकामाथि शंका उत्पन्न भएको बताएको छ ।

शुक्रबार विज्ञप्ति जारी गर्दै फोरमले भनेका छ, ‘संवैधानिक प्रावधानभन्दा माथि रहेको प्राकृतिक न्यायको सिद्धान्तको परिपालना गर्नुको सट्टा प्रधान न्यायाधीश विपक्षी बनाइएको मुद्दामा आफैँ न्यायकर्ता हुनेगरी संवैधानिक इजलासमा प्रधान न्यायाधीश आफैँ सामेल हुने अभिरुची र प्रयासले सम्पूर्ण न्यायिक मूल्य र मान्यता समाप्त हुने गम्भीर खतरा उत्पन्न हुनुका साथै प्रधान न्यायाधीशको भूमिकाउपर नै यथार्थपरक रुपमा शंका खडा भएको छ ।’

अनुभवी न्यायाधीशहरूलाई उपेक्षा गरी न्यायिक नेतृत्व र राजनीतिक दलबीचको भागबन्डाका आधारमा अनुभवहीन व्यक्तिलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरिनुले न्यायिक विचलन र विकृति बढ्दै गएको देखिएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसअघि प्रधान न्यायाधीश जबराले मन्त्रिपरिषद् विस्तारमा भाग खोजेको आरोप लागेको थियो । यसको खण्डन सर्वोच्च अदालत स्वयम्‌ले गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *