डिबालाको गोलमा युभेन्ट्स हारबाट जोगियो

२०७८ कार्तिक ८ गते

काठमाडौँ । युभेन्ट्स इटालियन सिरी ‘ए’ मा इन्टर मिलानसँगको हारबाट जोगिएको छ । अन्तिम समयमा पाउलो डिबालाले गरेको गोलबाट युभेन्टस हारबाट जोगिएको हो ।
युभेन्टसले इन्टर मिलानलाई १–१ को बराबरीमा रोकेको छ । घरेलु मैदानमा भएको खेलमा १७ औँ मिनेटमा इडेन डिजेकोले गोल गरी इन्टर मिलानलाई सुरुवाती अग्रता दिलाएका थिए । तर ८९ औँ मिनेटमा पाएको पेनाल्टीमा डिबालाले गोल गरी युभेन्टसलाई हारबाट जोगाएका हुन् ।
यो बराबरीपछि ९ खेलबाट १५ अङ्कसहित युभेन्टस छैटौँ स्थानमा उक्लिएको छ । १८ अङ्कसहित इन्टर मिलान तेस्रो स्थानमा छ ।

२०७८ कार्तिक ८ गते
प्रतिक्रिया
सम्बन्धित