ओलीको टिप्पणीः

‘सभामुख एमालेविरुद्धको षड्यन्त्रमा सरिक छन्’

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले एमालेविरुद्ध षड्यन्त्र गरिरहेको टिप्पणी गरेका छन् । ‘उहाँ (सभामुख) सबैको साझा नेता हुनुपर्ने हो,’ मंगलबार पालिका अधिवेशन उद्घाटन गर्दै ओलीले भने, ‘तर, उहाँ एमालेविरुद्धको षड्यन्त्रमा सरिक हुनुहुन्छ । लागिपर्नुभएको छ ।’

पार्टीले कारबाही गरेको माधवकुमार नेपाललगायत १४ जना सांसदहरूमाथिको कारबाही रोकेर राखेको आरोप लगाउँदै ओलीले सभामुख निष्पक्ष बन्न नसकेको बताए । ‘व्यवस्थापिका संसद् निष्पक्ष ढङ्गले चलेको छैन,’ ओलीले भने, ‘कुनै पार्टीले गरेको बारबाही सभामुखज्यूले रोकेर राख्नुहुन्छ । विचाराधीन छ भन्नुहुन्छ । उहाँलाई विचार गर्ने, फैसला गर्ने र पार्टीले गरेको कारबाहीलाई मान्यता नदिने कानूनी र संवैधानिक हक छैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *