कांग्रेसद्वारा मंसिर मसान्तभित्र महाधिवेशन सम्पन्न गर्न निर्वाचन समितिलाई निर्देशन

काठमाडौँ । नेपाली कांग्रेसले मंसिर मसान्तभित्र पार्टीको महाविधेशन सम्पन्न गर्ने गरी कार्यतालिका मिलाउन निर्वाचन समितिलाई निर्देशन दिएको छ ।

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा निर्वाचन समितिसहित बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले अन्य अधिवेशन समयमा नै सम्पन्न हुने गरी मंसिर मसान्तसम्म पार्टीको केन्द्रीय महाविधेशन सम्पन्न गर्नका लागि आवश्यक कार्यतालिका बनाउन निर्देशन दिएको हो । बैठकले छठपछि बाँकी रहेका जिल्लाको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।

बैठकपछि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले मंसिरभित्रै महाधिवेशन गर्ने गरी सम्पूर्ण कार्यतालिका बनाउन निर्वाचन समितिलाई निर्देशन दिएको बताए ।

उनले मंसिरभित्र महाधिवेशन सम्पन्‍न गर्ने गरी कार्यतालिका बनाउन पार्टी सभापति शेरबहादुर देउवाले निर्देशन दिएको समेत जानकारी दिए । कार्यतालिकामा हेरफेर गर्न र महाधिवेशन तयारीका लागि केन्द्रीय कार्यसमिति बोलाउन माग गरिएको उनले बताए । पौडेलले न्यायलयमा बनेको असहज परिस्थिति चिन्ताजनक भएको पनि बताए ।

त्यस्तै कांग्रेस उपसभापति बिमलेन्द्र निधिले निर्वाचन कार्यतालिकाबारेमा छलफल भएको र मंसिरभित्र महाधिवेशन सम्पन्न हुने गरी निर्वाचिनको कार्यतालिका बनाउन अधिकार दिइएको जानकारी दिए ।

कांग्रेसले आगामी मंसिर ९ गतेदेखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने मिति तोकेको छ । तर कांग्रेसको तल्ला तहको अधिवेशन हुन नसक्दा महाधिवेशन मंसिरको अन्तिम सातामात्रा हुने सम्भावना बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *