अल्मुताइरी नेपाल फर्कने, तीन वर्षको नयाँ सम्झौता

२०७८ कार्तिक १० गते

काठमाडौँ । नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा)सँग थप तीन वर्षको नयाँ सम्झौता गरेका छन् । एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एसोसिएसनसँग भएको छलफलपछि अल्मुताइरी थप तीन वर्षका लागि नयाँ सम्झौता गर्न तयार भएका हुन् ।
माल्दिभ्समा भएको साफ च्याम्पियनसीप फुटबलमा नेपाललाई फाइनलसम्म पुर्याएका अल्मुताइरीले अब नेपाल नफर्किने घोषणा गरेका थिए ।
‘कर्माछिरिङ शेर्पा र क्युएफए पदाधिकारीहरुसँग भएको भेटपछि थप तीन वर्षको नयाँ सम्झौता गर्ने निर्णयमा पुगेको छु‚’ अल्मुताइरीले सामाजिक सञ्जालमा लेखेका छन् । उनले यसमा सहयोग गरेकोमा कतार फुटबल संघलाई समेत धन्यवाद दिएका छन् ।

२०७८ कार्तिक १० गते
प्रतिक्रिया
सम्बन्धित