तेस्रो दिन पनि सर्वोच्चमा इजलास प्रभावित

काठमाडौँ । न्यायाधीशहरूको ‘आन्दोलन’ का कारण सर्वोच्च अदालतका इजलासहरू बुधबार तेस्रो दिन पनि प्रभावित भएका छन् ।

प्रधान न्यायाधीस चोलेन्द्रशमशेर राणा विवादित बनेको भन्दै न्यायाधीशहरूले इजलास ‘बहिष्कार’ गर्दै आएका छन् । जसका कारण सोमबार र मंगलबार पनि इजलास बस्न सकेको थिएन ।

बुधबार प्रधान न्यायाधीश राणाले इजलास तोके पनि अहिलेसम्म इजलास शुरू हुन सकेको छैन । प्रधान न्यायाधीश जबराले आफूले नै हेर्नेगरी तोकेको एउटा इजलासमा भने सुनुवाइ शुरू भएको छ । उनले बुधबार संवैधानिक इजलास पनि तोकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *