मुख्यमन्त्रीमा पाण्डेको दाबी, ५९ सांसदको समर्थन

काठमाडौँ । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्र पाण्डेले दाबी गरेका छन् । पाँचदलीय गठबन्धनले प्रदेशको मुख्यमन्त्रीमा पाण्डेलाई अघि सारेको हो । नेपाली कांग्रेसकी सांसद कल्पना जोशीकीअनुसार पाण्डेले आजै मुख्यमन्त्रीको दाबी गरेका हुन् ।

एमालेकी उपाध्यक्षसमेत रहेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिहीबार ३ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गरेका थिए । तर, पाण्डेले आजै मुख्यमन्त्रीमा दाबी गरेका हुन् । ‘सरसल्लाह हुँदै नै थियो,’ सांसद जोशीले भनिन्, ‘यसपछि दाबी गर्न ठूलो कुरै रहेन । सहमति भइसकेको थियो ।

पाण्डेले ५९ सांसदको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाएका छन् । १०९ सदस्यीय प्रदेश सभामा उनलाई ५५ सांसद भए पुग्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *