कांग्रेस महाधिवेशनको नयाँ मिति प्रस्ताव

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि नयाँ मिति प्रस्ताव गरिएको छ ।

निर्धारित मितिमा महाधिवशेन हुन नसक्ने भएपछि निर्वाचन समितिले मंसिर २७ देखि गर्ने गरी नयाँ मिति प्रस्ताव गरेको हो ।

समितिको बैठकले रोकिएको वडा अधिवेशन २७ कात्तिकबाट सुरु गर्ने, प्रदेश अधिवेशन १६ र १७ मंसिरमा गर्ने र महाधिवेशन २७ देखि २९ मंसिरमा गर्न प्रस्ताव गरिएको निर्वाचन समितिले जनाएको छ ।

पार्टीले प्रस्तावित मिति अनुमोदन गरेपछि थप कार्यतालिका पेश गर्ने समितिको तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *