एएफसी यू-२३ एसियन कप छनोट

आज नेपाल ताजकिस्तानसँग खेल्दै

काठमाडाैँ । नेपालले एएफसी यू-२३ एसियन कप छनोटको दोस्रो खेलमा आज बिहीबार घरेलु टिम ताजकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपालले घरेलु टोली ताजकिस्तानसँग नेपाली समय अनुसार राति पौने ८ बजे खेल्नेछ । पहिलो खेलमा बलियो इरानसँग ४-० गोल अन्तरले पराजित नेपाल घरेलु टिमविरुद्ध पहिलो जीत र अंकको खोजीमा छ ।

इरानविरुद्धको खेलपछि नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जन र कप्तान अर्पण कार्कीले बाकी दुई खेलमा स्पष्ट जीतका लागि खेल्ने बताएका छन्। ताजिकिस्तान लगातार दोस्रो जीतको खोजीमा छ । पहिलो खेलमा ताजिकिस्तानले लेबनानलाई हराएको थियो ।

यस समूहमा ३ अंक जोडेको इरान शीर्ष र ताजकिस्तान ३ अंक जोडेर दोस्रो स्थानमा छ । अंकविहीन लेबनान तेस्रो र नेपाल पुछारमा छ । छनोट अन्तर्गत नेपालले अन्तिम खेलमा नेपालले लेबनानसँग आगामी आइतबार खेल्नेछ । समूहको शीर्ष टोलीले एएफसी यू-२३ एसियन कप खेल्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *