बार्सिलोना पराजित भएपछि कोम्यान बर्खास्त
काठमाडाैँ । स्पेनिस क्लब बार्सिलोना लगातार खराब प्रदर्शनको सिकार भएपछि प्रशिक्षक रोनाल्ड कोम्यान बर्खास्ती परेका छन् । बुधबार राती स्पेनिस ला लिगामा बार्सिलोना रायो भालेकानोसँग १-० ले पराजित भएसँगै कोम्यानको बार्सिलोना यात्रा समाप्त भएको हो ।
कोम्यान १४ महिना अघि बार्सिलोनाको प्रशिक्षकका नियुक्त भएका थिए । क्लबका सर्वाधिक गोलकर्ता अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सीलाई ला लिगाको आर्थिक नियमका कारण सम्झौता थप्न जनाउँदै बार्सिलोनाले बाहिर पठाएको थियो ।
मेस्सीको बर्हिगमनपछि बार्सिलोनाले स्वभाविक लय अनुरुपको प्रदर्शन गर्न सकिरहेको छैन । बार्सिलोना १० खेलपछि १५ अंकका साथ ला लिगाको नवौ स्थानमा छ । बुधबार भएको खेलमा बार्सिलोनाले भालेकानोलाई नतिजा १-०सुम्पिएको हो ।
आइतबार सिजनको पहिलो एल क्लासिकोमा रियाल मड्रिडसँग २-१ ले पराजित भएपछि बार्सिलोनाका समर्थक कोम्यानलाई बर्खास्त गर्न निरन्तर आग्रह गरिरहेका थिए । ला लिगामा खराब लयमा गुज्रिरहेको बार्सिलोना च्याम्पियन्स लगमा समेत राम्रो नतिजा निकाल्न असफल रहँदै आएको छ ।
बार्सिलोनाले विज्ञप्ति जारी गर्दै भन्यो ‘रोनाल्ड कोम्यानलाई मुख्य प्रशिक्षकको पदबाट बार्सिलोनाले मुक्त गरेको छ’ विज्ञप्तिमा स्पषस्ट रुपमा भालेकानोसँगको हारपछि कोम्यानलाई बिदाई गर्ने निर्णय लिएको जनाएको छ । बार्सिलोनाले शनिबार ला लिगमा आल्भेसको सामना गर्दैछ ।