प्रधान न्यायाधीशलाई महाअभियाेग लगाउने विषयमा गठबन्धनमा छलफल भएकाे छैन : नेपाल

धनगढी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउने विषयमा सत्तारुढ गठबन्धनमा कुनै छलफल नभएको बताएका छन् ।

बिहीबार धनगढीमा भएको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले प्रधान न्यायाधीश जबरामाथि महाअभियोग लगाउनेबारे सत्तारुढ गठबन्धनमा छलफल नभएको बताएका हुन् । उनले भने– ‘प्रधान न्यायाधीशको राजीनामा माग्दै न्यायाधीशहरू आन्दोलनमा भए पनि महाअभियोगका विषयमा गठबन्धनभित्र कुनै छलफल भएको छैन । सत्तारुढ पाँच दलको बैठक पनि बसेको छैन ।’

अध्यक्ष नेपालले प्रतिनिधि सभा पुन:स्थापना फैसला सुनाउने न्यायाधीशहरूको राजीनामा माग्नु नाजायज भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *