प्रधान न्यायाधीशको समर्थनमा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । आफूलाई कानूनका विद्यार्थी बताउने समूहले आज प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको समर्थनमा माइतीघरमा प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीले मिडिया, बार, न्यायाधीश तथा अधिवक्ताको विरोध गर्दै लेखिएका प्लेकार्ड बोकेका थिए । न्यायालयमा राजनीतिक हस्तक्षेप नगरी प्रधान न्यायाधीशलाई काम गर्न दिनुपर्ने भन्दै उनीहरूले नाराबाजी गरेका थिए ।

प्रदर्शनकारीहरूले ‘हल्ला र गुठबन्दिको भरमा राजनीति चल्ला तर न्यायपालिका होइन‚ बारको काम राम राम !‚ घेराबन्दी बन्द गरौँ‚ न्यायालय सुचारु गरौँ’ लगायतका नारा भएका प्लेकार्डहरू बोकेर विरोध जनाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *