रवीन्द्र मिश्रको ‘मार्ग परिवर्तन’ को दस्ताबेज पारित

काठमाडौँ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले सार्वजनिक गरेको दस्ताबेज पार्टीको केन्द्रीय समितिले पारित गरेको छ । बिहीबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले दस्ताबेज पारित गरेको हो ।

प्रस्ताव केन्द्रीय समितिको दुईतिहाइले पारित गरेको प्रवक्ता शरदराज पाठकले जानकारी दिएका छन् । ‘स्थानीय तहलाई पुनःसंरचना र सुदृढ गर्दै सङ्घीयता खारेजी तथा धर्म निरपेक्षतामाथि जनमत संग्रहको माग राख्दै तयार पारिएको उक्त दस्ताबेजलाई केन्द्रीय समितिका १२४ सदस्यमध्ये बैठकमा उपस्थित ९१ सदस्यले सर्वसम्मतिबाट अनुमोदन गरेको हो,’ प्रवक्ता पाठकले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘जुन संख्या केन्द्रीय समितिको दुईतिहाइ हो ।’

अध्यक्ष मिश्रले गत साउन ११ गते संघीयता खारेज गर्नुपर्ने तथा धर्मनिरपेक्षतामा जनमत संग्रह गर्नुपर्ने मतसहितको राजनीतिक दस्ताबेज सार्वजनिक गरेका थिए । उनको उक्त दस्ताबेजमा संयोजक मिलन पाण्डे समूहले असन्तुष्ट व्यक्त गर्दै आएको थियो । अध्यक्ष मिश्रले दस्ताबेज सार्वजनिक गरेलगत्तै संयोजक पाण्डेले दस्ताबेजलाई ‘व्यक्तिगत रूपमा लिन’ आग्रह गर्दै आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *