उप–महालेखापरीक्षकमा काफ्ले र अधिकारी बढुवा, सेनाकाे रथीमा राणा 

काठमाडौँ । सरकारले दुई जना नायव महालेखा परीक्षकलाई उपमहालेखापरीक्षकमा बढुवा गरेको छ । राजपत्रांकित प्रथम श्रेणीका नायव महालेखापरीक्षकहरु महेश्वर काफ्ले र बामदेव अधिकारीलाई उपमहालेखा परीक्षक(विशिष्ट श्रेणी)मा बढुवा गरेको हो । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बढुवाको निर्णय गरेको हो ।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिले कार्यसम्पादन तथा मूल्यांकनका आधारमा काफ्ले, अधिकारी र बिन्दु बिष्ट गरी ३ जनाको नाम उक्त पदमा बढुवाका लागि सिफारिस गरेको थियो ।

मन्त्रिपरिषद् बैठकले पहिलो नम्बरमा सिफारिस भएका काफ्ले र दोस्रो नम्बरमा सिफारिस भएका अधिकारीलाई बढुवा गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

बैठकले नेपाली सेनाका उपरथी सरोजप्रताप राणालई रथीमा बढुवा गर्ने निर्णय गरेको छ । त्यस्तै, प्रधान सेनापति प्रभुराम शर्मालाई भारत भ्रमणमा जान स्वीकृति प्रदान गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *