कांग्रेस महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक भएको छ ।

पटकपटक कार्यतालिका सार्वजनिक गरेपनि महाधिवेशन सार्दै आएको कांग्रेसले आगामी मंसिर २४ देखि २६ गतेसम्म गर्नेगरी महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको हो ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले बिहीबार प्रकाशित गरेको कार्यतालिकाअनुसार अब महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुनेछ । तर निर्वाचन प्रक्रिया भने २१ मंसिरबाटै सुरु हुनेछ भने २५ गते चुनाव गरिनेछ ।

सात वटै प्रदेशको अधिवेशन मंसिर १६ र १७ गते हुनेछ । त्योभन्दा तल्ला तहको अधिवेशनका लागि भने जिल्लाअनुसार फरक फरक मिति तोकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *