एमाले महाधिवेशन : १,५३६ प्रतिनिधि सहभागी हुने

काठमाडौँ । नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशन प्रतिनिधि १ हजार ५ सय ३६ जना हुने भएका छन् । बिहीबार बसेको स्थायी कमिटी बैठकका निर्णयबारे जानकारी गराउँदै प्रवक्ता प्रदीपकुमार ज्ञवालीले यसबारे जानकारी दिएका हुन् ।

प्रवक्ता ज्ञवालीकाअनुसार भूगोलबाट १ हजार १ सय ९६ जना हुनेछन् । हरेक निर्वाचन क्षेत्रबाट ३ जना महिला आउने र त्यो ३३ प्रतिशत हुने ज्ञवालीले बताए । ‘४९ प्रतिशत खुला प्रतिनिधि हुन्छन् र र ५१ प्रतिशत समावेशी प्रतिनिधि हुनेछन्,’ प्रवक्ता ज्ञवालीले भनेका छन् ।

आजको निर्णयलाई भोलिको केन्द्रीय कमिटीमा लगेर अनुमोदन गरिनेसमेत ज्ञवालीले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *