लगातार दोस्रो हारसँगै बाहिरियो नेपाल

काठमाडाैँ । नेपाली राष्ट्रिय यू-२३ टीम लगातार दोस्रो हार बेहोर्दै छनोट चरणबाट बाहिरिएको छ । एसियन कप छनोट प्रतियोगिताको समूह चरणमा नेपाल बिहीबार ताजकिस्तानसँग ६-० ले पराजित भयो ।

पहिलो खेलमा इरानसँग ३-० ले पराजित नेपाली टोलीले दोस्रो खेलमा झनै आधा दर्जन गोल खान पुग्यो । एसियन यू-२३ छनोटमा गोल गर्न असफल रह्यो । नेपाल कुनै पनि क्षेत्रमा बलियो देखिएन ।

कमजोर डिफेन्स र लगातार बल पोसेसनमा राखेको ताजकिस्तानले नेपालको पोस्टमा एकपछि अर्को आक्रमण गरेको थियो । समूह अन्तर्गत बिहीबार नै भएको अर्को खेलमा इरानले लेबनानलाई २-० ले पराजित गर्दै छनोट सम्भावना बलियो बनायो ।

नेपाललाई पराजित गर्ने क्रममा ताजिकिस्तानले पहिलो हाफको २४ औ मिनेटमा शेर्भोनीको गोलमार्फत अग्रता दिलाएका थिए । त्यसपछि माबत्शोएभ, शारफजोन सोलेहोभ, रुस्तम सोइरोभ, मुहम्मादली अजिजबोएभ, भादत हानोनोभ र इमोमाली अखामादखोनले एकपछि अर्को गोल गर्‍यो ।

लेबनान पनि लगातार दुई खेलमा पराजित भयो । अघिल्लो खेलमा ताजिकिस्तानसँग १-० ले हारेको थियो । अंक तालिकामा इरान र ताजकिस्तानको समान ६-६ अंक हुँदा नेपाल र लेबनान अङ्कविहीन छ । अब नेपाल र लेबनानले अन्तिम खेलमा एक अर्काको सामना गर्नेछन् ।

अब इरान र ताजकिस्तानबीच समूह विजेता बन्नका लागि प्रतिस्पर्धा हुनेछ । समूहको शीर्ष टोली सिधै अन्तिम चरणमा छनोट हुँदा दोस्रो स्थान हासिल गर्ने उत्कृष्ट चार टोली पनि अघि बढ्नेछन् । नेपालले हालसम्म एएफसीको यू-२३ एसियन कप प्रतियोगिताको छनोट चरण पार गर्न सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *