कार्यवाहक प्रधान मन्त्रीको जिम्मेवारी बालकृष्ण खाणलाई

काठमाडौँ । प्रधान मन्त्री शेरबहादुर देउवाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी बालकृष्ण खाणलाई दिएका छन् । गृहमन्त्रीसमेत रहेका नेपाली काँग्रेस नेता खाणलाई प्रधानमन्त्री देउवाले कार्यवाहक प्रधान मन्त्रीको जिम्मेवारी दिएका हुन् ।

प्रधान मन्त्री देउवा एकसाता लामो वैदेशिक भ्रमणका लागि शुक्रबार बेलायत भ्रमणमा जाँदै छन् । प्रम देउवाले आफूपछिका वरिष्ठतम मन्त्री हुन् गृहमन्त्री खाणलाई कार्यवाहकको जिम्मेवारी दिएका हुन् ।

प्रधानमन्त्री देउवा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप-२६) पक्षको २६ औँ सम्मेलनको वर्ल्ड लिडर समिटका लागि आज बेलायत जाँदै छन् । उनी कार्तिक १८ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *