टी-ट्वेन्टी विश्वकप

‘गर या मर’ को अवस्थामा वेस्टइन्डिज र बङ्गलादेश

काठमाडौँ । टी-ट्वेन्टी विश्वकपमा शुक्रबार वेस्टइन्डिज र बङ्गलादेश खेल्दैछन् । दुवै टिमले आफ्ना सुरुवाती खेलमा पराजित भएकाले सेमिफाइनल यात्रा कमजोर भएको छ । त्यसैले सेमिफाइनलको गणितीय सम्भावना कायम राख्न पनि दुवै टिमका लागि आजको खेल जित्नैपर्ने दबाब रहेको छ ।

खेलअघि वेस्टइन्डिजले ओबेड मकोयलाई गुमाएको छ । चोटका कारण उनको स्थानमा पूर्व कप्तान जेसन होल्डरले मौका पाएका छन् ।

यो प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन वेस्टइन्डिज निकै खराब लयबाट गुज्रिरहेको छ । उसले जारी प्रतियोगितामा प्रतिस्पर्धात्मक स्कोर समेत तयार गर्न सकेको छैन । पहिलो खेलमा ५५ रनमा अलआउट भएको वेस्टइन्डिज दोस्रो खेलमा ठुलो स्कोर बनाउन असफल हुँदा दक्षिण अफ्रिकासँग ८ विकेटले पराजित भयो । यो खेलमा लेन्डल सिमोन्सको ढिलो इनिङलाई मुख्य कारण मानिएको छ ।

बंगलादेश पनि ब्याटिङ समस्यासँग जुधिरहेको छ । इंग्ल्यान्डसँगको खेलमा केवल १२४ रन मात्र बनाउन सफल बङ्गलादेशले त्यसअघि श्रीलङ्कासँग भने १७० माथिको स्कोर तयार गरेको थयो । यद्यपि दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय बङ्गलादेशका लागि घातक बन्यो ।

बङ्गलादेशसँग वेस्टइन्डिजका एविन लेविसको अपेक्षा फेरिपनि उतिकै छ। लेविसले दक्षिण अफ्रिकासँग ३५ बलमा ५६ रनको उच्च स्कोर तयार गरेकाले क्यारेबियन टीम उनकै अपेक्षामा हुनेछ । त्यस्तै किरन पोलार्ड तथा आन्द्रे रसेलले पनि राम्रो प्रदर्शन गर्नेमा विश्वस्त हुन सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *