कोप-२६ मा सहभागी हुन प्रधान मन्त्री देउवा बेलायत प्रस्थान (तस्बिरहरु)

काठमाडौँ । प्रधान मन्त्री शेरबहादुर देउवा यही कात्तिक १५ र १६ (नोभेम्बर १ र २)मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप-२६) को पक्षको २६औँ सम्मेलनअन्तर्गततको वर्ल्ड लिडर समिटमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गरेका हुन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्टकक्षमा गृहमन्त्री बालकृष्ण खाण परराष्ट्रमन्त्री नारायण खड्का, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, मुख्यसचिव शङ्करदास वैरागी, सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुखले बिदाइ अभिवादन गरेका थिए ।

प्रधानमन्त्री देउवा नोभेम्बर १ मा कोप-२६ को औपचारिक उद्घाटन समारोहमा सहभागी हुनेछन् । उनले वर्ल्ड लिडर समिटमा नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ । तस्बिर : रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *