विवेकशील साझामा कुनै अर्को पक्ष छैन : प्रवक्ता पाठक

काठमाडौँ । विवेकशिल साझा पार्टीले पार्टीभित्र मिश्र पक्ष र अर्को पक्ष नभएको दाबी गरेको छ । प्रवक्ता शरदराज पाठकले सञ्चारमाध्यममा मिश्र पक्ष र अर्को पक्ष भन्ने उल्लेख भएको भन्दै पार्टीभित्र त्यस्तो कुनै पक्ष नरहेको र सिङ्गो पार्टी रहेको दाबी गरेका हुन् ।

पार्टी एकीकरण हुँदा साझाबाट ६५ र विवेकशीलबाट ६५ गरी १३० जनाको केन्द्रीय समिति बनेकोमा १ जनाको निधन र ५ जनाको राजीनामापछि हाल १२४ सदस्य रहेको भन्दै प्रवक्ता पाठकले बिहीबार अध्यक्ष रवीन्द्र मिश्रको अध्यक्षतामा बसेको पार्टीको जूम बैठकमा १२४ मध्ये ९१ जना केन्द्रीय उपस्थित भएर सर्वसम्मतिबाट निर्णयहरू गरिएको बताएका छन् ।

प्राविधिक कारणले उपस्थित हुन नसकेका थप २ केन्द्रीय सदस्यले बैठकको निर्णयमा पूर्ण सहमति जनाउँदै सन्देश पठाएको र गत भदौ १७ मा अध्यक्ष मिश्रले बोलाएको बैठकमा पनि केन्द्रीय समितिका दुईतिहाइ बढी सदस्य भएकाले पार्टीमा मिश्र पक्ष भन्ने नरहेर विवेकशील साझा पार्टी मात्र रहेको दाबी गरेका छन् ।

पार्टीका केही नेताले कतिपय मुद्दामा असहमत रही फरक गतिविधि गरिरहेको प्रवक्ता पाठकले बताएका छन् ।

बिहीबार मिश्रले बोलाएको बैठकले मिश्रको ‘मार्ग परिवर्तन’ को प्रस्ताव पारित गरेको छ । यसपछि संयोजक मिलन पाण्डे पक्षले भने अध्यक्ष मिश्रले दोस्रो पटक पार्टी फुटाएको बताएउँदै राजावादी बन्न खोजेको टिप्पणी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *