विश्वकपमा पाकिस्तानको लगातार तेस्रो जित

काठमाडाैँ । युएईमा जारी  टी-ट्वेन्टी विश्वकपमा पाकिस्तानले लगातार तेस्रो जित निकाल्दै सेमिफाइनल यात्रा लगभग तय गरेको छ । पाकिस्तानले अंक तालिकामा ६ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको अफगानिस्तानको यो प्रतियोगितामा पहिलो हार हो ।

टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४७ रन बनाएको थियो । जवाफमा पाकिस्तानले ६ बल बाँकी हुँदा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।

१९ औँ ओभरमा आसिफ अलीले ४ छक्का प्रहार गर्दै टीमको जित निश्चित गरे । उनले ७ बलमा २५ रनको नटआउट इनिङ खेले । त्यस्तै पाकिस्तानका लागि कप्तान बाबर अजामले ५१ रनको अर्धशतकीय इनिङ खेले । त्यस्तै फखर जमानले ३० रन बनाउँदा मोहमद हाफिजले १० रन बनाउँदा सोएब मलिकले १९ रन बनाए ।

अफगानिस्तानका लागि रसिद खानले २ विकेट लिँदा मुजिबउर रहमान, मोहम्मद नावी तथा नभिन उल हकले समान १-१ विकेट लिएका थिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको अफगानिस्तानका लागि मोहम्मद नावी र गुलाबदिन नइबले सातौँ विकेटका लागि ७१ रनको साझेदारी गरेका थिए । कप्तान नावी र नाइबले समान ३५-३५ रन बनाएका थिए। त्यसअघि नाजिबुल्लाह जाद्रानले २२ रन बनाउँदा करिम जनातले १५ तथा अस्गर अफगान तथा रहममनुलाह गुर्वाजले १०-१० रन जोडेका थिए ।

पाकिस्तानले अन्तिम दुई ओभर बाँकी हुँदा सम्म पाकिस्तानमाथि दबाब बनाए पनि १९ औ ओभरनै उसलाई पराजित गर्न पर्याप्त रह्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *