डि मारियाको निर्णायक गोलमा पीएसजी विजयी 

काठमाडौँ । फ्रेन्च लिग वान अन्तर्गत पीएसजीले लिलमाथि जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा एन्जल डी मारियाको निर्णायक गोलमा पीएसजीले लिललाई २-१ ले पराजित गरेको हो ।

खेलको ३१औँ मिनेटमा जोनाथन डेभिडको गोलमा लिलले सुरुवाती अग्रता लिएकोमा मार्क्युन्होजको गोलमा खेलको ७४औँ मिनेटमा पीएसजीले खेल बराबरी गरेको थियो । त्यसपछि खेलको ८८औ मिनेटमा डी मारियाले गोल गर्दै पीएसजीलाई जित दिलाएका थिए ।

किलियन एम्बाप्पे नखेलेको यस खेलमा लियोनेल मेस्सी पहिलो हाफ मात्र खेलेका थिए । उनको मसल्समा समस्या भएपछि उनी दोस्रो हाफ खेलेका थिएनन् । यो जितपछि पीएसजीको १२ खेलमा ३१ अंक भएको छ र लिगमा शीर्ष स्थानमा रहेको छ । त्यस्तै लिलको १२ खेलमा १५ अंक रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *