कविता

जात

ऊ सम्झाउँथ्यो
विस्तारै विस्तारै
परिवर्तन हुन्छ समाज

ऊ सुनाउँथ्यो
घरमा बुढा बा-आमा भएर हो
तिमीलाई घर सम्म नबोलाएको ।

ऊ भनिरहन्थ्यो
अब जातको कुरा
नगर मित्र

ऊ प्रश्न गर्थ्यो
तिमीले छोएको
कहिले नखाएको छु र कवि ?

ऊ भन्ने गर्थ्यो
सबको रगत
रातो छ साथी

जब मैले उसलाई
हाम्रा छोराछोरीका
राता गुलाबहरु देखाएँ

ऊ पड्कियो
‘सानो जातको सङ्गत नगर्नु’
उहिल्यै भन्थे बाले

तँलाई तेरो
जात थाहा छ ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *