टी-२० विश्वकप : श्रीलंका र दक्षिण अफ्रिका खेल्दै

काठमाडौँ । टी-ट्वेन्टी विश्वकप अन्तर्गत शनिवारको पहिलो खेलमा श्रीलंकाले दक्षिण अफ्रिकासँग खेल्दैछ । सुपर – १२ मा  २-२ खेल खेलेका दुवै टिमले १ मा जित र १ खेलमा हार भोगेका छन् । यो खेलमा पराजित हुने टिमका लागि सेमिफाइनल यात्रा मुस्किल पर्ने छ।  खेल दिउँसो पौने ४ बजे शारजाहमा शुरु हुनेछ।

दक्षिण अफ्रिकी टिममा ‘ब्ल्याक लाइभ्स म्याटर’को पक्षमा खेलाडीले अलग अलग तरिका अपनाएपछि विवाद भइरहेको छ। विकेटकिपर ब्याट्सम्यान क्विन्टन डिककले पक्ष लिन  इन्कार गरेपछि उनलाई टिमबाट बाहिर राखिएको थियो। यद्यपि उनले माफी मागेपछि श्रीलंका विरुद्धको खेलमा पुनरागमन गर्न सक्ने छन्।

पछिल्ला दुई वर्षमा श्रीलंकामाथि दक्षिण अफ्रिकाको दबदबा रहेको छ। दक्षिण अफ्रिका टिमले श्रीलंका विरुद्ध पछिल्ला ६ टी-ट्वेन्टी अन्तर्राष्ट्रिय खेलमा जित हासिल गरेको छ। श्रीलंकाका ब्याट्सम्यान दक्षिण अफ्रिकी स्पिनर सामु निरीह देखिँदै आएका छन्। समग्रमा यी दुई टिमले १६ खेलमा एक अर्काविरुद्ध भिडेका छन्।

जसमा दक्षिण अफ्रिकाले १० खेलमा जित निकाल्दा श्रीलंकाले ५ खेल जितेको छ। यी दुईबीचको दुई खेल बराबरीमा सकिएको छ। विश्वकपमा सेमिफाइनल यात्रा कायम राख्न दुवै टिम आज निश्चित जितका लागि मैदान उत्रने छन्। यस्तोमा पछिल्लो समय आफ्नो बलियो विरासत जोगाउन दक्षिण अफ्रिका मैदानमा उत्रँदा श्रीलंका पनि विश्वकपमा आफ्नो आशा कायम राख्न चाहन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *