पेट्रोलियमको मूल्यवृद्धि फिर्ता लिन अनेरास्ववियुको माग

काठमाडौँ ।एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले सरकारले पेट्रोलियम पदार्थ तथा एलपीको ग्यासको मूल्य बढाएको भन्दै विरोध जनाएको छ । शनिवार एक विज्ञप्तिमार्फत बढाएको मूल्य तत्काल फिर्ता लिन पनि अनेरास्ववियुले माग गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्ष रूपमा गाँसिएका वस्तुहरू प्रति सरकार नियन्त्रित निकायको केवल नाफा निकाल्ने कदमप्रति अनेरास्ववियु गम्भीर खेद व्यक्त गर्न चाहन्छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिले तमाम क्षेत्रको महँगाई बढ्न गई सेवाग्राही र सबै जनतामा यसको प्रत्यक्ष असर पर्ने भएकाले तत्काल मूल्यवृद्धि फिर्ता लिन जोडदार माग गर्दछौँ ।’

यस्तै अनेरास्ववियुले आफ्ना माग सम्बोधन नभए कडा संघर्षका कार्यक्रमहरू अघि सार्ने पनि चेतावनी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *