३ सय ७२ सङ्क्रमित थपिए, ९ सय ११ निको
मकालु खबर
२०७८ कार्तिक १३ गते
काठमाडौँ। नेपालमा शनिवार थप ३ सय ७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभर गरिएको ५ हजार ३ सय १६ पिसिआर परीक्षणका क्रममा २ सय ९७ जना र २ हजार ५ सय ९५ एन्टीजेन परीक्षणका क्रममा ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ९ लाख ६ हजार ६ सय ९७ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ११ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ३ सय ९९ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
त्यस्तै थप ९ सय ११ सङ्क्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ९१ हजार २ सय ६९ जना निको भएका छन् । हाल नेपालमा ९ हजार ५ सय २६ सक्रिय सङ्क्रमित आइसोलेसन र २ सय १२ जना क्वारेनटाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
मकालु खबर
२०७८ कार्तिक १३ गते
प्रतिक्रिया
सम्बन्धित