टी-ट्वेन्टी विश्वकप

उच्च फर्मले उपाधि होडमा अघि बढ्दै इंग्ल्यान्ड

काठमाडाैँ । टी-ट्वेन्टी विश्वकपको आफ्नो तेस्रो खेलमा इंग्ल्यान्ड विजयी भएको छ । जारी विश्वकपमा इंग्ल्यान्ड र पाकिस्तान मात्र यस्ता टीम हुन् जसले शतप्रतिशत नतिजा निकाल्दै विश्वकपमा आफ्नो बलियो दाबेदारी प्रस्तुत गरिरहेका छन् ।

शनिबार भएको खेलमा अर्को दाबेदार अस्ट्रेलियालाई ८ विकेटले पराजित गर्दा इंग्लिस बलरको प्रदर्शन सम्झनलायक रह्यो । इंग्लिस बलरसामु अस्ट्रेलिया केवल १२५ रनमा समेटियो । कप्तान एरोन फिन्चले ४४ रन बनाउनु सर्वाधिक रह्यो । इंग्ल्यान्डका लागि क्रिस जोर्डनले ३ विकेट लिए ।

१२६ रनको सामान्य लक्ष्य इंग्ल्यान्डले केवल ११ ओभर ४ बलमानै दुई विकेट गुमाएर भेट्टायो । इग्लयान्डका ओपनर जोस बटलरले ३२ बलमा ७१ रनको विस्फोटक इनिङ खेले ।

जेसन रोय र जोस बटलरले पहिलो विकेटका लागि ३९ बलमा ६६ रनको साझेदारी गरे । एडम जाम्पाले रोयलाई २२ रनमा आउट गरे । यद्यपि कमजोर स्कोर सामु पाएको सुरुवाती साझेदारी इंग्ल्यान्डका लागि सहज बन्यो । अर्को विकेटका रुपमा एस्टन एगरले डेभिड मलानलाई ८ रनमा आउट गरेका थिए ।

बटलरले अस्ट्रेलिया विरुद्ध टी-ट्वेन्टीमा ३०० छक्काको कीर्तिमान समेत पुरा गरे । उनी ३०० छक्का प्रहार गर्ने ३९ औ खेलाडीका रुपमा रहे । त्यस्तै जोनी ब्रेष्टोले ११ बलमा अबिजित १६ रन बनाए । ३ विकेट लिने क्रिस जोर्डन म्यान अफ द म्याच बने ।

लगातार तीन जित सहित इंग्ल्यान्ड सेमिफाइनल नजिक पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *