सर्वोच्चको आँगनमा न्यायको आन्दोलन (तस्बिरहरू)

काठमाडाैँ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनको अगुवाइमा कानून व्यवसायीले सर्वोच्च परिसरमै कालो पट्टि बाँधेर प्रदर्शन गरेका छन् ।

प्रधान न्यायाधीश जबराले राजीनामा दिनुपर्ने माग गर्दै आएको बारले दबाब बढाउन आजदेखि हातमा कालोपट्टी बाँधेर विरोध गर्ने लगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो ।

त्यसैअनुसार आज सर्वोच्च अदालत परिसरभित्रै वकिल हुरेल कालो पट्टि बाँधेर प्रधान न्यायाधीशको विरोध गरेका छन् । प्रधानन्यायाधीशको राजीनामा माग्दै कानुन व्यवसायीले सर्वोच्च अदालतमा बहस रोकेका छन् भने न्यायाधीशहरूले इजलास बहिस्कार गरेका छन् ।

कानुन व्यवसायीले आफूहरूको प्रदर्शन न्यायालयको विरोधमा नभई प्रधान न्यायाधीशले गरेका गलत कामको विरोधमा रहेको बताएका छन् । बेलाबेला बिबादमा परिरहने प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा अहिले सरकारमा भागबण्डा खोजेको बिषयमा बिबादित छन् ।

नेपाल बार एसोसिएसनको परिसरमा कानुन व्यवसायीको एक समूहले भने हातमा सेतो पट्टी बाँधेर बार नेतृत्व र इजलास बहिष्कार गर्ने न्यायाधीशहरूविरुद्ध प्रदर्शन गरेका छन् ।

अधिवक्ता स्वागत नेपाल, भूमिनन्द सापकोटालगायत वकिलले कालो पट्टीविरुद्ध सेतोपट्टी बाँधेका हुन् । उनीहरू बारको भवन परिसरमा छन् ।

मुद्दा नहेर्ने न्यायाधीश र इजलासमा नजाने वकिलका कारण नागरिकको अधिकार हनन भएको उनीहरूले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *