कार्यदलबाट भीम रावलको लिखित राजीनामा (पत्रसहित)

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे समझदारी कार्यान्वयनका कार्यदलबाट राजीनामा दिएको लिखित पत्र सार्वजनिक गरेका छन्।

सहमति कार्यान्वयन गर्न अध्यक्ष केपी शर्मा ओलीले इच्छा नदेखाएको भन्दै उनले यसअघि नै राजीनामा दिएको घोषणा गरेका थिए ।रावलले अहिले राजीनामा पत्र नै सार्वजनिक गरेका हुन् । उनले १० बुँदे सहमति कार्यान्वयनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै इच्छा नदेखाएकाले राजीनामा दिएको बताएका छन् ।

राजीनामा पत्रमा भनिएको छ,‘पार्टीको एकता र अग्र गतिका लागि भएको १० बुँदे सहमति र त्यसको कार्यान्वयनका निम्ति जारी अपानि–१२ को, कार्यदलका सुझाव र सहमतिसहित पालना गराउनेतर्फ स्वयं पार्टी अध्यक्षबाट नै अनिच्छा  देखिने र बुझिने गरी सार्वजनिक रुपमा मात्र होइन पार्टीको स्थायी कमिटीको बैठकमा नै अभिव्यक्त भएकोले कार्यदलमा बसिरहनुको औचित्य नदेखिँदा स्थायी कमिटीको बैठकमा गरेको घोषणा अनुरूप कार्यदलको संयोजक र सदस्यबाट यो राजीनामा पेस गरेको छु।’ एमालेभित्र उत्पन्न भएको विवाद र समस्या समाधान गर्न भनेर १० बुँदे सहमति भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *