१८ वर्षदेखि न्युजिल्यान्डसँग जितको प्रतीक्षामा भारत

काठमाडौँ । टी-ट्वेन्टी विश्वकपमा आइतबार भारत र न्युजिल्यान्ड प्रतिस्पर्धा गर्दैछन् । आ-आफ्नो पहिलो खेलमा पाकिस्तानसँग पराजित भएकाले सेमिफाइनल आश कायमै राख्न दुवै टिमलाई जित जरुरी छ । जित्ने टीमका लागि सेमिफाइनलको आशा कायमै रहनेछ भने हार्ने टीमका लागि सेमिफाइनल सम्भावना गणितीयमात्र रहनेछ । खेल दुबई अन्तरराष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार बेलुका ७:४५ बजे सुरू हुनेछ ।

१८ वर्षदेखिको प्रतीक्षा
अन्तरराष्ट्रिय क्रिकेट परिषद् आईसीसीले आयोजना गरेको प्रतियोगितामा सन् २००३ यता भारतले न्युजिल्यान्डलाई हराउन सकेको छैन । भारत पछिल्लो एकदिवसीय विश्वकपको सेमिफाइनल(२०१९)तथा विश्व टेस्ट च्याम्पियनसीपको फाइनल (२०२१)मा न्युजिल्यान्डसँग पराजित भएको थियो ।

When and where to watch the T20 World Cup, IND vs. NZ match online and on  TV - India News Republic

यी दुई टिमले टी-ट्वेन्टी विश्वकपमा दुईपटक आपसमा खेलेकोमा दुवै पटक न्युजिल्यान्ड विजयी भएको छ । समग्रमा यी दुई टीमले कुल १६ पटक एक अर्कासँग प्रतिस्पर्धा गर्दा ८ खेलमा न्युजिल्यान्ड र ६ खेलमा भारत विजयी भएको छ ।

फर्ममा फर्कने प्रयास
दुवै टीम फर्ममा फर्कने प्रयासमा छन् । यो खेलको महत्व धेरै हुने बुझेकाले दुवै टिम आफ्नो पुरानो फर्ममा फर्कन प्रयासरत हुनेछन् । दुवै टीमले आफ्नो पहिलो खेलमा गतिलो प्रदर्शन गर्न सकेका थिएनन् । विराट कोहली र केन विलियम्सन दुवैका लागि विश्वकपमा रहिरहन यो मौका महत्वपूर्ण हुनेछ । आजको खेलमा टसको पनि उत्तिकै महत्व रहनेछ ।

किवी टीमले गरेको थियो प्रयोग
न्युजिल्यान्डले पहिलो खेलमा ब्याटिङ लाइनअपमा केही प्रयोग गरेको थियो । ओपनर डेरिल मिचेल र नम्बर चारमा जेम्स नीशमले पाकिस्तानसँगको खेल खेलेनन् । जसले टीममा घाटा भयो । डेथ ओभरमा उनीहरूले फिनिसरको अभाव भोगेका थिए । त्यसैले किवी टीमले भारतसँगको खेलमा आफ्नो सक्दो राम्रो स्क्वाडलाई प्राथमिकता दिने देखिन्छ ।

टीमको अवस्था
भारतीय टीममा प्लेइङ ११ लाई लिएर निकै बहस भइरहेको छ । यद्यपि टिम धेरै फरक भने हुने छैन । यद्यपि भुवनेश्वर कुमारको स्थानमा शार्दुल ठाकुरलाई मौका दिन सक्ने सम्भावना छ । यद्यपि यो विषयमा कसैले केही संकेत भने गरेका छैनन् । भारतका लागि हार्दिक पान्ड्याले नेटमा बलिङ सुरू गरेका छन् । यदि पान्ड्याले बलिङ गरेमा कप्तान कोहलीसँग ६ बलरको विकल्प हुनेछ ।

T20 World Cup 2021, Match 28: India vs New Zealand, Stats Preview: Player  records and approaching milestones

न्युजिल्यान्डका लागि भने ड्वेन कानवेले आफ्नो करिअरमा शानदार सुरुवात गरेका छन् । उनी दक्षिण अफ्रिका छाडेर न्युजिल्यान्ड गएर क्रिकेट खेलिरहेका छन् । जसको नतिजा स्वरुप उनले अन्तरराष्ट्रिय क्रिकेटमा आफ्नो पहिलो वर्षभित्रै टी-ट्वेन्टी विश्वकप जिते । उनी दोस्रो विश्वकपको प्रतीक्षामा छन् ।

22 heroes and no winner': NZ media slam boundary countback after Black Caps  were 'robbed' of maiden title

बाँया खुट्टाको औँलामा चोट लागेपछि न्युजिल्यान्डका मार्टिन गुप्टिलले पाकिस्तानसँगको खेलमा फिल्डिङ गरेनन् । तर उनी शनिबारको अभ्यासमा भने देखिएका थिए । त्यसैले उनी भारतसँग खेल्ने सम्भावना छ । एडम मिल्न र टिम साउदीमध्ये एक खेलाडीले मौका पाउनेछन् ।

टस जितेर पहिले फिल्डिङ टीमका लागि महत्वपूर्ण हुन सक्छ । यो वर्षमा दुबईमा भएका १८ वटा टी-ट्वेन्टी खेलमा १४ खेलमा पहिले फिल्डिङ गर्ने टीमले जितेका छन् । विश्वकपमा पनि यो ट्रेन्ड बलियो बनेको छ । त्यसैले टस जित्ने कप्तानले फिल्डिङ गर्ने सम्भावना बलियो छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *