पेलेरै जाने तयारीमा जबरा

काठमाडौँ । प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराले आइतबार इजलासमा सुनुवाइ थालेका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरू, नेपाल बार एसोशिएसन र सर्वोच्च बार एसोशिएसन, पूर्वप्रधान न्यायाधीश तथा न्यायाधीशहरू समेतको राय र दबाबका बीच जबराले सुनुवाइ थालेका हुन् ।

उनीहरूले प्रधान न्यायाधीश जबरालाई राजीनामाका लागि दबाब दिँदै इजलासमा नबस्न दबाब बढाउँदै लगे पनि जबराले एकल इजलासमा सुनुवाइ सुरु गरेका हुन् ।

सर्वोच्च अदालत प्रशासनका अनुसार प्रधान न्यायाधीश जबराले आफ्नो एकल इजलासमा नेपाली सेनाको सैनिक विशेष अदालतमा पुगेको मुद्दा जोडिएको क्षेत्राधिकारको विषयमा प्रारम्भिक सुनुवाइ गरेका छन् ।

महा न्याधिवक्ता कार्यालयले दर्ता गरेको रिट निवेदनमा सरकारी वकिलहरूले बहस गरेका थिए । मुद्दाको आदेश भने आउन बाँकी छ । नेपाल बार एसोशिएसनले कुनैपनि इजलास नतोक्न यसअघि प्रधान न्यायाधीश जबरासँग आग्रह गरेको थियो ।

बारको आग्रहलाई बेवास्ता गर्दै उनले इजलास तोकेका थिए । आइतबार अन्य इजलासको सुनुवाइ हुन नसके पनि जबराको एकल इजलासमा भने सुनुवाइ भएको हो ।

यसको अर्थ प्रधान न्यायाधीश पेलेरै जाने मूडमा देखिएको कानुन व्यवसायीहरूले टिप्पणी गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *