एनआईसी एशिया बैंक र आईपेबीच व्यवसायिक सम्झौता

काठमाडौँ । विश्वका विभिन्न देशबाट नेपालको जुनसुकै ठाउँमा रेमिट्यान्स रकम तुरुन्त पठाउन सकिने गरी एनआईसी एशिया बैंक र ट्रान्सक्यास इन्टरनेशनल (आईपे) बीच व्यवसायिक सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा एनआईसी एसिया बैंकका सीईओ रोशनकुमार न्यौपाने र ट्रान्सक्यास इन्टरनेशनलका क्षेत्रीय निर्देशक आकृति लामिछानेले हस्ताक्षर गरेका छन् ।

कम्पनीका अनुसार मलेसिया, जापान, हङकङ, सिंगापुर, न्युजिल्याण्ड, अष्ट्रेलिया, दक्षिण कोरिया, अमेरिका, बेलायत र मध्यपूर्व (गल्फ) का विभिन्न देशहरुमा बस्दै आएका नेपालीले अब बिना झन्झट आईपेको एजेन्टहरु, मोबाइल एप तथा वेबसाइट मार्फत यस बैंक तथा नेपालका अन्य कुनै बैंक खातामा तुरुन्त रेमिट्यान्स रकम पठाउन सक्नेछन् ।

यसबाहेक विदेशबाट आफूले इच्छाएको व्यक्तिको नाममा रेमिट्यान्स पठाई देशभर छरिएर रहेका यस बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउन्टरहरूका साथै १२ हजारभन्दा बढी रेमिट्यान्स एजेन्टहरूमार्फत सहज रुपमा नगद बुझन सकिने व्यवस्था समेत रहेको कम्पनीले जनाएको छ । यस व्यवसायिक सम्झौताबाट विदेशमा कमाएको रकम स्वदेशका सबै क्षेत्र र भेगका व्यक्तिले बुझ्न सहज हुने बैंकले जनाएको छ ।

आन्तरिक रेमिट्यान्स पठाउने सुविधा अन्तर्गत जुनसुकै स्थानबाट, जुनसुकै समयमा ग्राहकले आफ्ना ‘एनआईसी एसिया एमओबैंक’ भित्र रहेको ‘सेन्ड रेमिट’ आइकनमा ट्याप गरेपश्चात् रेमिट्यान्स पठाउन सक्ने छन् । यस माध्यमबाट पठाएको रकम देशभर रहेका यस बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउन्टरहरूका साथै रेमिट एजेन्टहरूबाट नगद रकम सहजै झिक्न सकिनेछ ।

त्यसैगरी, ‘रिसिभ रेमिट’ सुविधाअन्तर्गत यस बैंकका ग्राहकले आफ्नो नाममा आएको रेमिट्यान्स रकम यस बैंकको कुनै पनि शाखा तथा एजेन्टहरूमा भौतिक उपस्थिति बिनै ‘एनआईसी एसिया एमओबैंक’ मा ‘रिसिभ रेमिट’ गरेर यस बैंकमा रहेको खातामा सोझै जम्मा गर्न सक्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *