‘सम्मानजनक’ रुपमा सर्वोच्च छाड्न तयार रहेको प्रधान न्यायाधीशको प्रस्ताव

काठमाडौँ । प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराले आफू सम्मानजनक रुपमा बाहिरिन तयार रहेको प्रस्ताव पठाएका छन् । केही दिनदेखि आफ्नो राजीनामा माग गरेर इजलास नै बहिष्कार गरिरहेका सर्वोच्चका न्यायाधीशहरूसमक्ष प्रधान न्यायाधीश जबराले ‘सम्मानजनक बहिर्गमन’को प्रस्ताव पठाएका हुन् ।

प्रधान न्यायाधीश जबरा निकट मानिने सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्मामार्फत पुगेको प्रस्तावपछि न्यायाधीशहरूले अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र मनोजकुमार शर्मालाई प्रधान न्यायाधीशको प्रस्तावबारे थप कुरा बुझ्ने जिम्मा दिइएको थियो । त्यसैअनुसार तीन जना न्यायाधीश सिन्हा, मल्ल र शर्मा कुराकानीका लागि प्रधान न्यायाधीश जबराको चेम्बरमा पुगेका थिए ।

तीन जना न्यायाधीशले प्रधान न्यायाधीश जबरासँग थप छलफल गरी सोमबार बिहान हुने सबै न्यायाधीशहरूसँगको बैठकमा थप छलफल गर्ने तयारी रहेको एक न्यायाधीशले जानकारी दिए ।

प्रधान न्यायाधीश जबराले सरकारमा भागबण्डा खोजेको, पदीय मर्यादाविपरीत काम गरेको, न्यायालय सुधारका लागि काम गर्न नसकेको र आफ्नै प्रतिवद्धताबाट समेत पछि हटेको भन्दै राजीनामा दिएर मार्ग प्रशस्त गर्न चौतर्फी दबाब बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *