प्रेरक बचत तथा ऋण सहकारी संस्थाकाे १०औँ वार्षिक साधरण सभा सम्मपन्न

भक्तपुर -४ राममन्दिरमा रहेकाे प्रेरक बचत तथा ऋण सहकारी संस्थाकाे १०औँ वार्षिक साधरण सभा सम्पन्न भएकाे छ । २०६७ सालमा ३० जनाकाे समुह द्वारा स्थापना भएकाे सहकारीले विभिन्न आराेह अवराेह पार गर्दै करिब १७०० शेयर सदस्यहरुलाई सेवा प्रदान गर्दै आएकाे छ।

“सम्पर्ण, सहकार्य, समृद्धि हाम्राे नारा सदस्यकाे हितमा समर्पित हुने हाम्राे चहाना” भन्ने मुल भाव र आस्थालाई आत्मसात गर्दै अघि बढेकाे यस संस्थाले १० औँ वसन्त पार गरेकाे छ।सो अवधिमा संस्थाले सामाजिक कार्यका साथै सदस्यहरुलाई टेवा पुर्याउने विभिन्न काम समेत गरेकाे छ।

राष्ट्रिय सहकारी बैंक सुर्यविनायक शाखाका प्रबन्धक दिनेश गेलालले यस संस्थाकाे १० औँ वार्षिक साधारण सभाकाे उद्घाटन गरेका थिए, भने उनले छाेटाे समयमा यस संस्थाले उल्लेखनीय प्रगति गरेकाे भन्दै धन्यवाद ज्ञापन गर्दै संस्थाकाे थप प्रगतिकाे कामना गरेका थिए, भने शेयर सदस्यलाई ढुक्कसंग यस संस्थामा आवद्ध हुन समेत आग्रह गरेका थिए ।

काेभिड-१९का कारण थाेरै शेयर सदस्यहरुकाे उपस्थितिमा सम्पन्न सभामा सुर्यविनायक नगरपालिका वडा.नं. ६ का वडा सदस्य राजेन्द्र त्वाती बिशिष्ट अतिथिमा रहेको थियाे भने अतिथिहरुमा रविन बाेहजु, बलराम धाैभडेल र किशोर कुमार श्रेष्ठ रहेका थिए।

सभामा संस्थाका सचिव नतिन हाडा र काेषाध्यक्ष विनिता हाडाले संस्थाकाे आ.व. २०७७-०७८काे प्रगति बिवरण प्रस्तुत गरेका थिए । सभामा संस्थाका उपाध्यक्ष सुमन सिल्पकारका साथै संञ्चालक सदस्यहरु महेन्द्र दुवाल, रमेश सुवाल र रामप्रसाद माखास्या काे पनि उपस्थिति रहेकाे थियाे।

सभाका सभापति प्रेरक बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष जेनिस खिन्बन्वन्जारले विद्यमान विसम परिस्थिति र असहज वातावरणमा संस्थाका पदाधिकारी, कर्मचारी मित्र, शेयर सदस्यहरु र व्यबस्थापन पक्षले जुन कार्य सम्पादन, आत्मविश्वास, परिश्रम र मिहेनतलाई निरन्तरता दिई जुन कार्य क्षमता प्रदर्शन गरी संस्थालाई प्रगति पथमा लम्काउन सहयाेग र समर्थन गर्ने सम्पूर्णलाई हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि यहाँहरुकाे यस्तै साथ र सहयाेगकाे अपेक्षा रहेकाे बताउदै आउदै गरेकाे शुभ दिपावली, नेपाल सम्वत एवम् छठ पर्वकाे हार्दिक शुभकामना समेत व्यक्त गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *