विपक्षी गठबन्धनको बैठक : आचार्य नेतृत्वको सरकारलाई समर्थन नगर्ने

विराटनगर । प्रदेश १ का विपक्षी गठबन्धनले विश्वासको मतको विपक्षमा मतदान गर्ने भएका छन् । सोमबार मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची रहेकाले विपक्षी दलहरूको आइतबार विराटनगरमा बसेको बैठकले विपक्षमा मतदान गर्ने निर्णय गरेको नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले जानकारी दिए ।

दुई बुँदे निर्णय गरेको जानकारी दिँदै कार्कीेले गठबन्धनलाई बलियो बनाउँदै संस्कार र सम्बन्धलाई निरन्तरता दिने निर्णय भएको बताए ।

‘प्रदेशसभामा विपक्षीको तर्फबाट एकबद्ध भएर मतदान गर्नेछौँ,’ कार्कीले भने, ‘मुख्यमन्त्री आचार्यले विश्वासको मत नपाएपछि मुख्यमन्त्रीमा माननीय राजेन्द्र राईलाई प्रस्ताव गर्नेछौँ ।’

प्रदेशसभाले विश्वासको मत लिनका लागि मत विभाजनको कार्यतालिका सार्वजनिक गरिसकेको छ । गतकात्तिक ७ गते नै हुनुपर्ने मत विभाजन कांग्रेस र एमालेले निवेदन दिएर बैठक स्थगित गर्न लगाएपछि सोमबारका लागि तय भएको छ ।

आइतबार विराटनगरको एउटा क्याफेमा बसेको गठबन्धनको बैठकमा पाँचै दलका नेताहरू सहभागी थिए ।

सत्ताधारी नेकपा एमालेसँग अहिले सभामुखसहित ४१ सांसद रहेका छन् । सत्ता जोगाउन मुख्यमन्त्री आचार्यलाई ४७ सांसदको साथ चाहिन्छ । प्रदेश सभामा कायम रहेको ९२ जना प्रदेश सभा सदस्यहरूमध्ये विपक्षी गठबन्धनसँग ५० सांसद रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *