देशको अहिलेको परिस्थिति सहज छैन : पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको परिस्थितिलाई सहज रुपमा नदेखेको बताएका छन् ।
आइतबार जनकपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै नेता पौडेलले प्रमुख प्रतिपक्ष दलको निरन्तर संसद् अवरोध‚ अदालतको पछिल्लो अवस्थाका कारण परिस्थिति झन् असहज बन्दै गएको उनले बताएका हुन् ।

यदि अदालतको अवस्था यस्तै रहने हो र निकास ननिस्कने हो भने राजनीतिक दलले यसबारे निर्णय गर्नुपर्ने बताउँदै नेता पौडेलले यसबारे निर्णय गर्न आफ्ना पार्टी सभापतिलाई बैठक आह्वा गर्न भनिसकिएको बताए ।

पूर्वप्रधान मन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जबराको बचाउ गर्दै अन्य चार न्यायाधीशमाथि कारबाही गर्नुपर्ने भन्दै आएकाले जसमाथि प्रश्न उठेको हो त्यसबारे कुरा गर्नुपर्ने नेता पौडेलले बताए ।

‘यसले ओलीले हिजो अदालतमा सेटिङ गर्नुभएको थियो जुन अहिले देखिन्छ‚’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *