पोखरामा महालक्ष्मी लाइफले गर्‍यो ‘लिडर्स समिट’

काठमाडौँ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले पोखराको ल्यान्डमार्क होटलमा ‘महालक्ष्मी लिडर्स समिट–२०७८’ सम्पन्न गरेको छ ।

गत कात्तिक १२ र १३ गते सम्पन्न उक्त सम्मेलनमा देशभरिबाट व्यावसायिक लक्ष्य पूरा गरेका बीमा अभिकर्ताहरुको सहभागिता थियो । जीवन बीमा व्यवसायमा परम्परागत बीमा व्यवसायभन्दा फरक ढंगले आमजनतामा बीमाको पहुँच कसरी पुर्याउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।

विकसित मुलुकमा शिक्षा, स्वास्थ्य र बृद्ध अवस्थाको जिम्मेवारी सरकारले लिएको हुन्छ । नेपालजस्तो स्रोतसाधन कम भएको देशमा बीमा क्षेत्रले त्यो दायित्व निर्वाह गरिरहेकोले अभिकर्ता पेशामा नेतृत्व कसरी विकास गर्ने, बीमालाई व्यवसायिक रुपमा संचालन गर्न कम्पनी र अभिकर्ताले गर्नुपर्ने कामहरुको विषयमा सहभागीहरुलाई तालिम दिइएको थियो ।

निम्न वर्गमा बीमाको पहुँच वृद्धि गर्न तथा युवा वर्गमा बीमासम्बन्धी जनचेतना वृद्धिका लागि ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रमलाई अझै प्रभावकारी रुपमा गाउँगाउँसम्म पुर्याउने निर्णयसमेत गरेको छ ।

प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य वरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमलाले तथा नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए ।

प्रबन्धक सीताराम धिमालबाट सञ्चालित कार्यक्रमको पहिलो सत्रमा मोटिभेटर राजाबाबु साह र दोस्रो सत्रमा प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले अभिकर्ता पेसामा नेतृत्व विकास सम्बन्धमा तालिम प्रदान गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *