एसिया कप छनोट: अन्तिम खेलमा पनि नेपालको फराकिलो हार

एएफसी यू-२३ एसिया कप फुटबल छनोटमा नेपाल लगातार तेस्रो खेलमा पनि पराजित भएको छ।

ताजकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा आइतबार भएको खेलमा नेपाल लेबनानसँग ४(० को फराकिलो हार भोग्न बाध्य भयो।
लेबनानलाई जित दिलाउन जेइन फरानले दुई गोल गर्दा मोहमद नासिर र मोहमद हेइदरले समान एक-एक गोल गरे। खेलको २६ औं मिनेटमा फरानले गोल गर्दै लेबनानलाई अग्रता दिलाएका थिए।

४७ औं मिनेटमा जेइन फरानले व्यक्तिगत दोस्रो गोल गर्दै लेबनानको अग्रता दोब्बर बनाए। ७४ औं मिनेटमा मोहमद नासिरले टीमका लगि तेस्रो गोल थप्दा नेपाल थप दबाबमा पर्‍यो।

त्यसपछि खेलको ८२ औं मिनेटमा हेइदरले गोल गर्दै लेबनानलाई ४(० को जित दिलाए। यो जितसँगै लेबनानले प्रतियोगिताको सुखद अन्त्य गरेको छ। जितका बाबजुत लेबनानपनि प्रतियोगितबाट भने बाहिरियो।

नेपाल भने प्रतियोगितामा कुल १४ गोल खाँदै घर फर्कियो। समुह बिमा नेपाल अंक बिहिन बन्यो। नेपाल पहिलो खेलमा इरानसँग ४(० र दोस्रो खेलमा ताजिकिस्तानसँग ६(० ले पराजित हुँदा अन्तिम खेलमा पनि ४-० ले हार्‍यो। नेपाल समूहको पुछारमा रह्यो।

लेबनान ३ अंक जोडेर तेस्रो स्थानमा रह्यो। यो समूहमा ६ अंक जोडेको ताजकिस्तान शीर्ष स्थानमा छ। इरानको पनि समान ६ अंक छ। ताजकिस्तान र इरानबीचको बिजेता छनोट हुँदा दोस्रो स्थानमा रहने टीमपनि उत्कृष्ट उपविजेताका रुपमा अघिल्लो चरण पुग्ने संभावना कायम छ। एसियाकप उज्वेकिस्तानमा २०२२ को १ जुन देखी १९ सम्म हुनेछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *