भायानेटको सेवा अब जनकपुर र बर्दिबासमा

काठमाडौँ । गुणस्तरीय इन्टरनेट सेवा प्रदायक भायानेटको सेवा अब जनकपुर र बर्दिबासमा पनि सुचारु गरेको छ । नेपालभरि व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र टेलिभिजन सेवा प्रदायक भायानेट कम्युनिकेसन प्रालिले आफ्नो सेवा विस्तार गर्ने क्रममा अब जनकपुर र बर्दिबासमा एकसाथ सेवा सुचारु गरेको हो ।

यो सेवा विस्तारसँगै कम्पनी अब देशका २४ शहरहरुमा गुणस्तरीय इन्टरनेट र टेलिभिजन सेवा प्रवाह गर्न सक्षम भएको छ । भायानेटले ग्राहकहरूका लागि विभिन्न प्रकारका योजनाहरू पनि समय समयमा सञ्चालन गर्दै आएको छ ।

यसै सन्दर्भमा जनकपुर र बर्दिबासमा सेवा विस्तार भएको खुसीयाली बाँड्न भायानेटले १ वर्ष सब्सक्रिप्सन गर्ने ग्राहकहरूलाई ४ महिना तथा ३ महिना सब्सक्रिप्सन गर्ने ग्राहकहरूलाई २ महिना निःशुल्क इन्टरनेट सेवा प्रदान गर्ने र पहिलो १०० जना वार्षिक ग्राहकहरूलाई ४८ बिजी मोबाइल डाटा जगेडा भएको एनसेलको सिम कार्ड सित्तैँमा प्रदान गर्ने योजना अघि सारेको छ ।

भायानेटले नेपालमा पहिलो पटक फाइबर अप्टिक इन्टरनेट सेवा उपलब्ध गराएको थियो भने सन् २०१६ मा यसले नेपालमा पहिलो आइपि टिभी सेवा पनि शुभारम्भ गरेको थियो ।

भायनेटले आफ्ना ग्राहकहरूलाई विश्व स्तरीय गुणवत्ताको सेवा प्रदान गर्न विश्वका प्रमुख ब्रान्डहरू नोकिया, जुनिपर, सिस्को र सियना जस्ता अत्याधुनिक प्रविधिमैत्री ब्राण्डहरुसँग सहकार्य गरेर देशभर पछिल्लो अत्याधुनिक प्रविधिको ब्रोडब्याण्ड सेवा विस्तार गर्ने उद्देश्य राखेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *