प्रधान न्यायाधीशको राजीनामा माग्दै वकिलहरू दोस्रो दिन पनि धर्नामा

काठमाडौँ । प्रधान न्यायाधीश चोलेन्द्रसमशेर जबराको राजीनामा माग्दै वकिलहरूले दोस्रो दिनको विरोध कार्यक्रम शुरू गरेका छन् । यसअघि आइतबार पनि विरोध कार्यक्रममा जुटेका वकिलहरू सोमबार (आज) दोस्रो दिन पुन: जुटेका हुन् ।

नेपाल बार एसोशिएसनको अगुवाइमा वकिलहरूले प्रधान न्यायाधीशले तत्काल राजीनामा दिनुपर्ने माग गर्दै आन्दोलन थालेका छन् ।

यसअघि प्रधान न्यायाधीश जबरालाई नेपाल बार एशोसिएशनले राजीनामाका लागि  ५ दिने अल्टिमेटम दिएको थियो । प्रधान न्यायाधीश जबराले भने आफूले सम्मानजनक बहिर्गमन चाहेको प्रस्ताव गरेका छन् ।

उनको यो प्रस्तावबारे बारले केही बताउको छैन । बारको आन्दोलनमा बरिष्ठ अधिवक्ताहरू, सर्बाेच्च बारका पदाधिकारीहरू लगायत पनि सहभागि छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *