मनाङको स्याउबारीमा राष्ट्रपति भण्डारी
२०७८ कार्तिक १५ गते
पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारी मनाङ पुगेकी छन् । नेपाली सेनाको हेलिकप्टरबाट राष्ट्रपति भण्डारी मनाङ पुगेकी हुन् ।
उनले मनाङको ङिस्याङ गाउँपालिका-१ भ्राताङस्थित सांसद पाल्देन छोपाङ गुरुङको स्याउबारीको अवलोकन गरेकी छन् । तीन दिने भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले आइतबार लुम्बिनीको भ्रमण गरेकी थिइन् ।
त्यसअघि शनिबार मुक्तिनाथ र ढोरपाटन शिकार आरक्षको अवलोकन गरेकी थिइन् । उनी आजै पोखरा फर्किने तय भएको छ । आन्तरिक पर्यटन प्रवर्द्धन गर्न राष्ट्रपति भण्डारीको तीन दिने भ्रमण कार्यक्रम तय गरिएको थियो ।
२०७८ कार्तिक १५ गते
प्रतिक्रिया
सम्बन्धित