कुकुरले टोकेका व्यक्तिलाई कोरोना विरुद्धको खोप !

२०७८ कार्तिक १५ गते

भारत। झारखण्डको पलामु जिल्लामा एक स्वास्थ्यकर्मीले कुकुरले टोकेका व्यक्तिलाई कोरोना विरुद्धको खोप लगाएको पाइएको छ। शनिवार नौडीहा गाउँस्थित कुकुरले टोकेका ५० वर्षीय राजु नामक ती व्यक्ति एन्टि-रेबिज खोप लगाउन स्थानीय स्वास्थ्य चौकी पुगेका थिए । तर स्वास्थ्यकर्मीले लापरबाहीका कारण उनलाई कोरोना विरुद्धको खोप लगाइ दिए ।
उनले पहिले नै कोरोना विरुद्धको खोप लगाइसकेका थिए । सो घटनाको छानबिनका लागि पलामु क्षेत्रका स्वास्थ्य प्रमुख डा अनिल कुमारको नेतृत्वमा ३ सदस्यीय कार्यदल गठन गरिएको छ ।
छानबिन रिपोर्टपछि ती स्वास्थ्यकर्मीमाथि आवश्यक कारबाही गरिने बताइएको छ । कोरोना विरुद्धको खोप लगाएका ती व्यक्तिको स्वास्थ्य अवस्था भने हाल सामान्य रहेको छ । एजेन्सी

२०७८ कार्तिक १५ गते
प्रतिक्रिया
सम्बन्धित