एमालेले गुमायो सबै सरकार

काठमाडौँ । देशकै ठूलो दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सबै प्रदेशको नेतृत्व गुमाएको छ । प्रदेश नं. १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले सोमबार राजीनामा दिएसँगै एमालेले सबै प्रदेशको मुख्यमन्त्री गुमाएको हो ।

प्रदेश सभाको पहिलो निर्वाचनपछि सबैभन्दा धेरै मत ल्याएर सातमध्ये चार प्रदेशमा सरकारको नेतृत्व गरेको एमोले आजबाट सबै प्रदेश सरकारको नेतृत्व गुमाएको हो ।

यसअघि नै एमालेले गण्डकी, लुम्बिनी र बागमती प्रदेश सरकारको नेतृत्व गुमाएको थियो । एमालेले आज प्रदेश नं. १ को नेतृत्व गुमाएको हो । यससँगै एमालेले सबै सरकारमा प्रतिपक्षको भूमिकामा रहनुपरेको छ ।

केन्द्रमा एमाले नेतृत्वको सरकार गत असार २८ गते ढलेसँगै प्रादेशिक सरकारहरूमा पनि त्यसको असर परेको हो । यसपछि केन्द्रमा बनेको ५ दलीय गठबन्धनअनुकूल प्रदेश सरकारहरू बनेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *