ग्लोबल आइएमई बैंकको खुद नाफा १ अर्ब ११ करोड

काठमाडौँ । ग्लोबल आइएमई बैङ्कले चालु आवको पहिलो त्रैमासमा १ अर्ब ११ करोड २२ लाख खुद नाफा गरेको छ । बैङ्कले गत वर्षको सोही अवधिको तुलनामा ५.०४ प्रतिशतले नाफा बढाएको छ ।

सेयर बिक्रीबाट २० करोड कमाएको ग्लोबल आइएमई बैङ्कले कर्जा लगानी भने ७ प्रतिसतले बढाएको छ । बैङ्कको स्प्रेड दर ५.०३ प्रतिशतबाट घटेर ३.४९ प्रतिशतमा पुगेको छ । सो कारण खुद ब्याज आम्दानी ९.८१ प्रतिशतले घटेर २ अर्ब ३३ करोडमा आइपुगेको छ ।

गत आवमा ५१ करोड ७० लाख रहेकोमा यस पटक ३३ करोड ४२ लाख हुँदा नाफामा बढोत्तरी देखिएको हो । बैङ्कले सर्वसाधारणलाई २ खर्ब ५१ अर्ब कर्जा लगानी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *