लगातार चौथो जितसँगै सेमिफाइनल पुग्ने लक्ष्यमा इंग्ल्यान्ड

काठमाडौँ । टी-ट्वेन्टी विश्वकप प्रतियोगितामा आज इंग्ल्यान्ड र श्रीलंका खेल्दैछन् । खेल युएईको शारजाह क्रिकेट रंगशालामा नेपाली समयअनुसार बेलुकी ७:४५ मा सुरु हुनेछ ।

अघिल्ला तीनै खेल जितेको इंग्ल्यान्ड सेमिफाइनल नजिक छ । इंग्ल्यान्ड आज पनि जित हात पार्दै सेमिफाइनल प्रवेश सुनिश्चित गर्ने लक्ष्यमा छ । श्रीलंकासँग जित निकाले इंग्ल्यान्ड शीर्ष दुईमा पुग्ने पहिलो टीम बन्नेछ । तीन खेलमा शत प्रतिशत नतिजा ल्याएर आत्मविश्वासी बनेको इंग्लयान्ड समूह १ विजेताको छवि बनाउँदै उपाधि दाबेदारीमा बलियो रहेको सन्देश दिन चाहन्छ ।

श्रीलंका पनि सेमिफाइनल पुग्ने ध्याउन्नमा छ । श्रीलंका अपराजित इंग्ल्यान्डलाई हराउन चाहन्छ । अङ्क तालिकाको शीर्ष दुईमा रहने टीम सेमिफाइनलमा पुग्नेछन् ।

इङ्ल्यान्डले पहिलो खेलमा साविक विजेता वेस्ट इन्डिजलाई ६ विकेटले पराजित गरेको थियो । त्यस्तै दोस्रो खेलमा बंगलादेशविरुद्ध आठ विकेटको जित निकाल्दा तेस्रो खेलमा अस्ट्रेलियामाथि आठ विकेटको प्रभावशाली जित निकाल्यो ।

अघिल्ला सबै तीन खेलमा इंग्ल्यान्डले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएको थियो ।

यसैगरी पहिलो खेलमा बंगलादेशलाई पाँच विकेटले पराजित गरेको श्रीलंका दोस्रो खेलमा अस्ट्रेलियासँग सात तथा तेस्रो खेलमा दक्षिण अफ्रिकासँग चार विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *