सांग्रिला डेभलपमेन्ट बैंकको शाखा बरहथवामा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सोमबार सर्लाहीको बरहथवामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बरहथवा शाखा कार्यालय सञ्चालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । योसँगै बैंकको कुल शाखा संख्या १०१ पुगेको छ ।

बैंकले आफ्ना ग्राहकवर्गहरूलाई विभिन्न प्रकारका बैंकिङ सुविधाहरू दिँदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहकलाई सरल र सहज तरिकाले बैकिङ सेवा लिने वातावरण बनेकोमा बैंक विश्वस्त रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *