प्रदेश १ : मुख्यमन्त्रीमा राईको दाबी पेश

विराटनगर । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले नयाँ सरकार गठन गर्न आह्वान गरेलगत्तै विपक्षी गठबन्धनले दाबी प्रस्तुत गरेको छ । विपक्षी गठबन्धनमा आवद्ध दलहरूले प्रदेश प्रमुखसमक्ष नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउन दाबी पेश गरेका हुन् ।

विपक्षी गठबन्धनले ४९ जना प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । नयाँ सरकार बनाउन नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १४, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ जना गरी ४९ सांसदले हस्ताक्षर गरेका छन् ।

मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएलगत्तै प्रदेश प्रमुखले मंगलबार १ बजेसम्म नयाँ सरकारको दाबी पेश गर्न आह्वान गरेका थिए । विपक्षी गठनबन्धनले आजै दावी पेश गरेपनि राईको नियुक्ति भने मंगलबार मात्र हुनेछ ।

प्रदेश प्रमुखको कार्यालयमा दाबी प्रस्तुत गर्न प्रतिपक्षी गठबन्धन सांसदहरूको दलबलसहित पुगेको थियो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइराला, नेकपा माओवादी केन्द्र संसदीय दलका नेता ईन्द्रबहादुर आंबो, जसपका नेता जयरामसहितको टोली प्रदेश प्रमुख कार्यालयमा पुगेको थियो ।

May be an image of text

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *