प्रधान न्यायाधीशको राजीनामा माग्दै वकिलहरूले शुरू गरे तेस्रो दिनको विरोध कार्यक्रम

काठमाडौँ । प्रधान न्यायाधीशको राजीनामा माग्दै वकिलहरूले तेस्रो दिनको विरोध कार्यक्रम शुरू गरेका छन् । गत आइतबारदेखि नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत परिसरमा विरोध कार्यक्रम गर्दै आएका वकिलहरूले तेस्रो दिन आज पनि विरोध कायमै राखेका छन् ।

बारले प्रधान न्यायाधीशलाई राजीनामाका लागि ५ दिने समयावधि तोकिदिएको छ, जुन बुधबार (भोलि) सकिँदैछ । तर, प्रधान न्यायाधीशले राजीनामा दिनुको साटो ‘सम्मानजनक बहिर्गमन चाहन्छु’ भनेर भन्दै आएका छन् ।

यसपछि रनभुल्लमा परेका वकिलहरू झनै आक्रामक बन्दै आएका छन् । उनीहरूले प्रधान न्यायाधीशले बिनासर्त राजीनामा दिनुपर्ने अडान लिँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *